`

रुपन्देही-३ उपनिर्वाचन: असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

Nepal One HD ४ साउन २०८२ १६:३०
निर्वाचन विषेश

काठमाडौँ ।  रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् ।

अर्यालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने म्याद असोज २२ गते दिउँसो ३ बजेसम्म हुनेछ भने सोही उजुरीको जाँचबुझपछि असोज २३ गते बेलुका ७ बजेसम्म अन्तिम सूची प्रकाशन गरिनेछ । नाम फिर्ता असोज २४ गते दिउँसो १ बजेभित्र गर्न सकिनेछ । त्यही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन तथा निर्वाचन चिह्न वितरण गरिनेछ । मतदान कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ ।

समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे पनि आयोगले जानकारी गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खालि छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *