सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर, चालक फरार


घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका– ९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।
घाइतेमध्ये धर्मदेवी नगरपालिका– ९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए । अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी– ६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।