भियतनाममा बाढी र पहिरोले आठ जनाको मृत्यु, ३ जना बेपत्ता


भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा पछिल्ला दिनमा आएको बाढी र पहिरोले कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।
शनिबार बिहान ६ बजे सम्मको तथ्यांक अनुसार करिब ६० घरहरू बाढीले बगाएको छ । बाढीले ३० वटा गाउँहरू बाहिरी संसारसँग सम्पर्कविहीन बनाएको छ ।
बेपत्ता व्यक्ति खोज्न र उद्धार गर्न करिब सात सय सुरक्षाकर्मी, सेना, स्थानीय स्वयंसेवक र विभिन्न संगठनका सदस्यहरू परिचालन भएका छन् ।
शनिबार बिहान स डुङ गाउँ पुगेर अवलोकन गर्नु भएका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबैलाई तत्काल राहत पुग्नेगरी काम गर्न निर्देशन दिए । उनले भोकमरी, सम्पर्कविहीनता र सूचना अभाव नहोस् भनेर विशेष ख्याल राख्नसमेत आग्रह गरे ।
उनले उद्धारकर्मी र प्रभावित सबैको सुरक्षा सबै परिस्थितिमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
ह्त्द्य ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भने,“अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।”