`

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

Nepal One HD २४ साउन २०८२ १८:५३
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् ।
शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छाँै ।’

उनले नेपाली कांग्रेस सधै वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले पार्टीको महिमा बढाउने बताए ।‘नेपाली कांग्रेस सधै वर्तमानमा छ । विगतको मात्रै इतिहास रटेर हुँदैन भन्ने भाष्यमा म सहमत छैन ।

२००७ सालमा हामी त्यसकै वर्तमानमा थियौँ, ३० वर्ष निरकुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौँ । ०६२÷६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियाँै र आज पनि आजैको वर्तमानमा छौँ तर पार्टीको फाउन्डेसन विर्सिनुभयो भने गति पाउनुहुन्न् ।

तपाईं र अहिले जन्मिएको पार्टी र नेपाली कांग्रेस पार्टीको अन्तर के हो भन्न सक्नुपर्छ,’ उनले भने । नेता सिटौलाले एकीकृत केन्द्रित एकात्मक निरङ्कुश सामन्ति व्यवस्था फाल्न सफल भए पनि एकात्मक निरङ्कुश सामन्ति संस्कारको अन्त्य गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *