कीर्तिपुरमा बहाः चा हिलेगु- बहाल र मन्दिरहरुमा पूजापाठ र प्रार्थना

फिचर

कीर्तिपुर । गाईजात्राको अघिल्लो दिन कीर्तिपुरका बहाल तथा मन्दिरहरुमा दिवंगत परिवारजनको आत्माको शान्तिका लागि पूजापाठ र प्रार्थना गरिएको छ । यसो गर्दा मृत आत्माको स्वर्ग प्राप्तिमा मद्दत पुग्ने विश्वाससहित यो परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको छ।
बहाः चा हिलेगु भनिने यो परम्परा अन्तर्गत मानिसहरुले ऐतिहासिक बहालहरुमा पदयात्रा गर्दछन् । त्यस क्रममा बहालहरुमा बत्ती बालिनुका साथै लाखे नाच समेत प्रदर्शन गरिएको थियो । यस वर्षको बहाः चा हिलेगुलाई नेपाल पर्यटन बोर्डले समेत प्रवर्धन गरेको थियो ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ,नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट