`

पाटनमा मनाइयो मतया: पर्व (तस्बिरहरु)

Nepal One HD २६ साउन २०८२ १६:४७
फिचर

ललितपुर । पाटनमा सोमबार “मतया पर्व ” मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहेको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ ।

यो दीपंकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मतया परेड र नौ बाजा दुई प्रमुख मानिन्छ । पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मतया परेडमा धेरै भक्तजन सहभागी हुन्छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *