राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ । राष्ट्रियसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरे ।
बैठकमा राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचन मण्डलसँगको समन्वय बैठकको एकीकृति प्रतिवेदन’ टेवल गरे । राष्ट्रियसभाद्वारा २०८२ जेठ ११ र १२ गते सातै प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको निर्वाचन मण्डलको बैठकमा समावेशी प्रतिनिधित्व, व्यवस्थापकीयरुपमा समन्वयात्मक, सहकार्य र सहअत्विका आधारमा छलफल भएको थियो ।
समन्वय बैठकले राष्ट्रियसभालाई कानुन बनाउने मात्र नभइ प्रदेश र स्थानीय तहको आवाजलाई सङ्घीय सरकारसम्म पु¥याउने यन्त्रको रुपमा हेरेको उनले जानकारी दिए। सचिव अर्यालले सातै प्रदेशका सुझावलाई लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिए ।
सङ्घीयता कार्यान्वयन र सवलीकरणका लागि यो बैठकले महत्वपूर्ण योगदान पु¥याएको तथा यसले आगामी दिनमा कानुन निर्माणमासमेत सहज हुने सचिव अर्यालले जानकारी दिए। राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ ३ गते १ः१५ बजे बस्नेछ ।