`

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

Nepal One HD ३ भदौ २०८२ १३:४७
समाचार

खलङ्गा । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिएका छन् । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *