त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू)


काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम थालनी गरेका थिए ।
४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ प्रतिशतभन्दा बढी सकिएको र अब सरसफाइ, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।
१० हजार दर्शक क्षमताको यो मैदान पूर्वी र पश्चिम गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा दुई हजार २९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।
फ्लड लाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले ६ वटा लाइटका लागि सबै पोलहरू ल्याइसकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।