विद्या भण्डारी पक्षधरको सम्पर्क कार्यालय उद्घाटन यस्तो देखियो (तस्बिरहरु)


काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।
उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् ।
यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको थियो । सोही समितिको कार्यालय उद्घाटन हुने नेताहरूले बताएका छन् ।
समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।



