`

भारतीय सम्पदा पुनःस्थापनाकर्ताहरूले राजधानीको इतिहास जोड्दै्

Nepal One HD ५ भदौ २०८२ १५:२५
विश्व

भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँदिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् ।

इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स ९आइजिएनसिए० का विज्ञहरूले बिग्रिएका नक्सा र पुराना तस्वीरहरूलाई पुनर्जीवित गर्दैछन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ ।

यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहरहरू पार गर्दै आएको बहु–धार्मिक तथा बहु–सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।

“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भनेका छन्, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।”

सबैभन्दा बहुमूल्य पुनःस्थापित सामग्रीहरूमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बीचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातहरूको सङ्ग्रह हुन् ।

यी नक्सा १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् ।

नक्सामा त्यतिबेला को कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ ।

“तपाईंले केवल नक्सा मात्र हेर्नुहुन्न, यहाँका मानिसहरूको जीवन र इतिहास पनि बुझ्न सक्नुहुन्छ”, नयाँदिल्ली नगर परिषद्को सम्पदा पुनःस्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भनेका छन् ।

लामो समयको उपेक्षाले यी नाजुक कागजातहरूलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम—गर्मीको तीव्र तापक्रम, आर्द्र मनसुन र जाडोको चिसो—सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ ।

यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजातहरू अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताहरूको भनाइ छ ।

“यसको महत्त्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *