`

पर्यटकीय आकर्षणको केन्द्र बागलुङको ढोरपाटन,तस्बिरमा हेर्नुहोस्

Nepal One HD ७ भदौ २०८२ १०:१०
फिचर

काठमाडौँ । यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलावी वनफूलले सजिएको छ । रंगीविरंगी फुल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ ।

एक दशक अगाडीसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरु त्यहाँ फुलेका रंगीविरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन् । विशेषत वर्षाको समयमा पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउने गर्दछ ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ । यस याममा मात्र दैनिक २ सय भन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।

राके फूलका रुपमा स्थानीय रुपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरुमा चहलपहल बढेको छ । देशका ठूला शहर, काठमाडौं, पोखरा, बुटवल लगायत विभिन्न स्थाहरूबाट पर्यटक रमाउन आउने गरेका छन् जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् ।

ढोरपाटन आउने पर्यटकहरु मध्ये केही मात्र बुकीपाटन र टिकाधारा उक्लने गर्दछन् । ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घण्टाको पैदलयात्रा पछि बुकीपाटन र तिकाधारा पुग्न सकिन्छ । जहाँ पाटनै भरी भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *