`

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था (तस्बिरहरू)

Nepal One HD ९ भदौ २०८२ ११:३७
फिचर

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् ।

काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ ।

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *