उखु किसान अनुदान माग्दै दोस्रो दिन पनि सडकमा (तस्बिरहरू)

फिचर

काठमाडौं। गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू काठमाडौं आएका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरूले आज पनि यसलाई निरन्तरता दिएका हुन् ।
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट