`

१९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न (तस्बिरहरु)

Nepal One HD ९ भदौ २०८२ १६:५८
खेलकुद

काठमाडौँ । १९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र समूहमा मातृभूमि स्कुलले उपाधि हात पारेको छ भने छात्रा समूहमा चाँदबाग स्कुल विजेता बनेको हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा छात्र समूहतर्फ आयोजक बौद्ध इन्टरनेशनल स्कुललाई हराउँदै मातृभूमि स्कुलले उपाधि जित्यो । त्यस्तै छात्रा समूहतर्फ काष्ठमण्डप विद्यालयलाई पराजित गर्दै चाँदबाग स्कुलले उपाधि हात पारेको हो ।

प्रतियोगितामा २५ वटा विद्यालयका ३७ टोलीले सहभागिता जनाएका थिए । यस वर्ष २१ छात्र टोली र १६ छात्रा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

व्यक्तिगत विधातर्फ छात्रा समूहमा काष्ठमण्डपकी वनिता अधिकारी सर्वाधिक स्कोरर घोषित भइन् भने चाँदबागकी सौग्या बराकोटी ‘एमभीपी’ बन्न सफल भइन् । छात्र समूहमा बौद्ध इन्टरनेशनलका आयुष लामा सर्वाधिक स्कोरर बने भने मातृभूमिका आरोह राउत ‘एमभीपी’ बने ।

यसैगरी ‘फेयर प्ले’ अवार्ड मेरिडियन इन्टरनेशनल स्कुलले हात पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *