उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नारायणकाजी, तस्बिरहरु


काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् । उनी मंगलबार दिउँसो आन्दोलनरत स्थान माइतीघरमा ऐक्यबद्धता जनाउन पुगेका हुन् ।
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।
माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१–८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् । सो क्रममा श्रेष्ठले किसानको जायज माग सरकारले पूरा गर्नुपर्ने बताए ।







