`

रूबी हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु

Nepal One HD ११ भदौ २०८२ १८:३२
समाचार

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार, उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको हो ।

लक्ष्मण आज बिहानमा पक्राउ परेका थिए । उनलाई जलेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो । अवस्था गम्भीर देखिएपछि उनलाई आजै उपचारका लागि काठमाडौं ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *