`

वसन्तपुरमा इन्द्रजात्राको तयारी : मन्दिरको झार हटाइँदै (तस्बिरहरू)

Nepal One HD १६ भदौ २०८२ १२:१७
फिचर

काठमाडौं। यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरूले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ ।

यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ ।

यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ ।

विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा झार पलाएको विषयमा नेपाल फोटो लाइब्रेरीले गत साता फोटो फिचर गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *