‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईंको साथ


काठमाडौं । ‘जेन जी’ नाममा भोलि (सोमबार) काठमाडौंमा हुन लागेको आन्दोलनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले साथ दिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गते जस्तो दमन नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँले समेत साथ दिने घोषणा गरेका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको भन्दै उनले धन्यवाद दिएका छन् ।
प्रसाईले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौंको घडी, लाखौँको जुत्ता–चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन् । विदेशसम्म–अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो । राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ । म यस कुरामा धेरै खुशी छु !’
‘सामाजिक सञ्जाल बन्द’ को विरोध गर्दा पक्राउ परेका पाँच जना छुटे
सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका पाँच जनालाई प्रहरीले छाडेको छ । शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । सो निर्णयको विरोधमा काठमाडौंको बानेश्वरमा शनिबार युवाहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पाँच युवालाई नियन्त्रणमा लिएको थियो । ती पाँचै युवालाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘निषेधित क्षेत्रमा प्रदर्शन गर्दा नियन्त्रणा लिएका थियौं । अहिले छुटिसकेका छन्,’ उनले भने । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । अहिले नेपालमा दर्ता भएका भाइबर, टिकटक लगायत सामाजिक सञ्जाल मात्रै सञ्चालनमा छन् । स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।