जेनजीको प्रदर्शन छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । जेनजीहरूले आज (सोमबार) गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको अप्रिय घटना छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ । जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।प्रवक्ता काफ्लेले भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन् ।’ त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ ।