कलंकी र गौशालामा गोली चल्यो


काठमाडौं । काठमाडौंको कलंकी र गौशालामा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ । मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो । गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ । त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ । ‘यहाँ गोली नै चलेको छ । वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ,’ वृत्तकी एक प्रहरी अधिकारीले बताइन् । प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।