जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्याऊँ, नागरिक सरकारको तयारी हुँदैछ

समाचार

काठमाडौं । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील जारी गरेको छ । आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपीलमा जनाइएको छ। अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं ।’
नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको छ । ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट