`

धैर्य गरौ‌, हामी फेरि उठ्ने छौ‌ : शंकर पोखरेल

Nepal One HD २५ भदौ २०८२ ७:५४
राजनीति

काठमाडौं – नेकपा एमालेका नेता शंकर पोखरेलले आफूहरु फेरि उठ्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै धैर्य र संयमित बनौ भन्दै आफूहरु फेरी उठ्ने बताएका छन् ।

सोमबारदेखि शुरु भएको जेनजी आन्दोलनले मंगलबार उग्ररुप लिएको थियो । देशका धेरैजसो सबै सरकारी कार्यालय र नेता मन्त्रीका घर प्रदर्शनकारीले जलाएका थिए ।

उनले लेखेका छन् – आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *