नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डाबाहिर जेन-जीबीच विवाद (तस्बिरहरु)

फिचर

काठमाडौँ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् ।
प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् ।
सेनाको मुख्यालयको गेटमा जम्मा भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद भएको हो ।
त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर भनाभनमा उत्रिएका हुन् । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी पनि गरेका छन
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट