`

इजरायल भ्रमणअघि रुबियोद्वारा कतारका प्रधानमन्त्रीसँग भेट

Nepal One HD २८ भदौ २०८२ १८:४५
विश्व

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यसै सप्ताहन्तमा इजरायलको भ्रमण गर्नु अघि शुक्रबार कतारका प्रधानमन्त्रीसँग भेट गरेको छ ।

इजरायलले दोहामा हमासका नेताहरूलाई निशाना बनाएपछि ट्रम्प प्रशासनले मध्यपूर्वका प्रमुख सहयोगीहरूबीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्ने भन्न प्रयास गरिरहेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच तनाव बढे पनि रुबिओ दुई दिने भ्रमणका लागि आइतबार इजरायल आउँदै छन्।

यो संयुक्त राष्ट्र सङ्घले प्यालेस्टिनी राज्यको निर्माणमा सम्भावित विवादास्पद बहस गर्नु अघि बढ्दो एक्लिएको देशको लागि समर्थनको प्रदर्शन हो । नेतान्याहूले यो प्रक्रियाको विरोध गरेका छन् ।

रुबियो र उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग पनि भेट गरेको छ ।

शुक्रबार नै ट्रम्प र विशेष दूत स्टिभ विटकोफले न्यूयोर्कमा कतारी प्रधानमन्त्रीसँग रात्रिभोजमा सहभागी भएका छन् । ट्रम्प ९÷११ को आक्रमणको २४ औँ बर्षको सम्झनामा हुने एक श्रद्धान्जली कार्यक्रमका सन्दर्भमा न्यूयोर्क गएको थियो ।

इजरायलले हमाससँगको आफ्नो लडाईँलाई कतारको राजधानी दोहामा लगेपछि ट्रम्प प्रशासन दुई प्रमुख सहयोगीहरूको विवादको घेरामा परेको छ।
प्यालेस्टिनी लडाकू समूह ह्मासका नेताहरू गाजामा लगभग दुई वर्षदेखि जारी युद्धको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा विचार गर्न भेला भएका थिए।

कतार हमास र इजरायलबीचको युद्ध रोक्न एक प्रमुख मध्यस्थकर्ता हो । कतार र अमेरिकाको आग्रहमा नै हमासका नेताहरूले युद्धविरामका लागि प्रतिवद्ध भएको बताएका छन् ।

इजरायल र हमास लडाइँ रोक्न र इजरायलबाट लिइएका बन्धकहरूलाई रिहा गर्ने लामो समयदेखि गर्न खोजिएको सम्झौताको लागि अझै पनि अनिश्चित छन्।

इजरायलले मङ्गलबार गरेको आक्रमणले मध्यपूर्व शान्ति सम्झौता गर्ने ट्रम्पको आशालाई पनि चकनाचुर पारेको छ ।

क्तारमा भएको इजरायली आक्रमणपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारका शासकहरू इजरायलसँग आक्रोशित भएका छन् ।

ट्रम्प आफैले आक्रमणमा अमेरिकाको समर्थन नरहेको भन्दै यसबाट आफूलाई टाढा राख्नुभएको छ । रूबियोले भने “यसले ‘इजरायल वा अमेरिकाको लक्ष्यलाई अगाडि बढाउँदैन’ र कतारमा यो दोहोरिने छैन।”

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायलको नाम उल्लेख नगरी आक्रमणको निन्दा गरेको वक्तव्यमा पनि अमेरिका पनि सामेल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *