`

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

Nepal One HD २९ भदौ २०८२ ८:२३
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यही भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि निधन भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् ।

आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो । जेनजीतर्फ २१ जना, कैदी नौं जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिएका छन् ।

आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ । जेनजी आन्दोलनमा एक भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

अहिले पनि धेरै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हिजो वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *