`

हर्कलाई बालेनले भने– एक तर्फी नै सही, म तिमीलाई माया गर्न छोड्दिनँ

Nepal One HD ३१ भदौ २०८२ १४:४१
प्रमुख खबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् ।

सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ You are my true Love”

उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण अपस्दत बनेको केपी शर्मा ओली नेतृत्वको सरकारपछि गठ गरिने अन्तरिम सरकारको प्रधानमन्त्री बन्न धरानबाट आफ्ना समर्थकहरु बोकेर मेयर हर्क काठमाडौँ आएका थिए ।

उनले पटक पटक अन्तरिम सरकारको नेतृत्व आफूले लिन्छु भन्दा पनि कसैले नपात्याएपछि आक्रोशित भएका छन् । जस्का कारण उनले आफ्नो सामाजिक सञ्जालमार्फत पटक पटक बालेन लक्षित टिप्पणी गर्दै आएका छन् । यसै बिच मेयर बालेनले उनलाई फकाउने प्रयास सामाजिक सञ्जाल बाटै गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *