`

भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका २७ भवनमध्ये एउटा मात्रै सुरक्षित

Nepal One HD १ असोज २०८२ २०:२८
राजनीति

काठमाडौं । जनेजीको आन्दोलनका क्रममा आगजनीमा परेको भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका २७ भवनमध्ये एउटा मात्रै सुरक्षित रहेको पाइएको छ । रक्षा मन्त्री मानवीर राई बसिरहेको भवनलाई आन्दोलनकारीे छोडिदिएका हुन् ।

एक अर्ब लगानीमा तयार भएको भैंसेपाटीको मन्त्री निवासमा मन्त्रीहरु बस्न थालेको धेरै भएको छैन । यसअघि पुल्चोकमा बस्दै आएका मन्त्रीहरु गत वर्ष साउनबाट भैंसेपाटीमा सरेका हुन् । त्यहाँका भवनहरु आधुनिक र सुविधा सम्पन्न छन् ।

आज नयाँ सरकारका तीनजना मन्त्रीहरु भैंसेपाटीको मन्त्री निवास अवलोकनमा गए । यस क्रममा रक्षामन्त्री बस्ने भवन मात्रै सुरक्षित रहेको पाइएको छ । बाँकी २६ वटा भवनमा आगो लगाइएको थियो । यद्यपि, ती भवनहरु पूर्ण क्षति भने भएका छैनन् । बाहिरी संरचना जले पनि मर्मत सम्भार गरेर चलाउन सकिने खालका रहेको पाइएको छ ।

मन्त्री क्वाटर नहुँदा हाल सरकारका तीन मन्त्रीहरु आआफ्नै घरमा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *