सिंहदरबार जलिरहँदा पनि दमकल पठाइएन भन्ने कुरा गलत : काठमाडौँ महानगर प्रहरी

प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन् ।
‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने । तर आगो लाग्ने बित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले जानकारी दिएका छन् । ‘सिंहदरबारमा हामीले पाँच वटा दमकल परिचालन गरेका थियौँ’, उनले भने, ‘सिंहदरबार, अदालत साझा सम्पत्ति हाम्रो प्राथमिकतामा थियो ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट