`

देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग छैन, हल्लामा कुनै सत्यता छैन – देउवाको सचिवालय

Nepal One HD २ असोज २०८२ २१:५९
प्रमुख खबर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग नभएको देउवाको सचिवालयले जनाएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । विज्ञप्तिमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ,’भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि साङ्घातिक आक्रमण भएको हो ।तर त्यस्तो जघन्य आपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *