`

बेलायतमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु

Nepal One HD १६ असोज २०८२ १०:२८
प्रमुख खबर

लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई वृद्ध नेपाली पैदल यात्रुको निधन भएको छ । फ्लिट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ६६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ह्याम्पसायर प्रहरीले घट्नाको अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शीलाई जानकारी दिन अपिल गरेको छ ।

दुर्घटनास्थल वरपरको सीसीटीभी वा ड्यासक्याम फुटेज भए उपलब्ध गराउन प्रहरीको विशेष आग्रह छ । १०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गरि जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।

दशैंका बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध छ । अल्डरसट बेलायतमा नेपाली जनसंख्या रहेको सबैभन्दा ठूलो शहर हो । तमुधिं यूके महासचिव डा. विशाल गुरुङले घट्नाप्रति दुःख व्यक्त गर्दै प्रहरी अनुसन्धानमा सघाउन स्थानीय समुदाय समक्ष अनुरोध गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *