बाढी-पहिरोका कारण १०५ मेगावाट विद्युत् उत्पादन ठप्प


काठमाडौं। वर्षाका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन बन्द भएको छ । शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको हो । १३ वटा जलविद्युत आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ ।
हालसम्म ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको छ ।
त्यस्तै , पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन पाँच हाइड्रो पावरमध्ये चार वटाको उत्पादन डिले हुने जनाइएको छ । यसका साथै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ ।