`

चितवन हुँदै राति ९ बजेसम्म गाडी चलाउन पाइने

Nepal One HD १९ असोज २०८२ १८:२३
प्रमुख खबर

चितवन । अविरल बर्षाका कारण राजमार्गमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले साँझ ६ बजे भित्रिन र छोड्ने तोकेको समय बढाएर ९ बजे पुर्‍याएको छ ।

हिजो बेलुकादेखि नै चितवनमा झरी रोकिएको र मनसुनको जोखिम कम हुँदै गएको जनाउँदै राति ९ बजेसम्म गाडी चलाउन खुला गरिएको हो। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन हुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरी राति ९ बजेसम्म पुर्‍याइएको जानकारी दिए ।

राजमार्गको जोखिम कायमै रहेकाले चितवन छोड्ने र भित्रिने सवारी साधनलाई राति ९ बजेपछि भने होल्डिङ सेन्टरमा रोकिने जनाइएको छ । आज दिन खुलेसँगै झरीको कारण चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पनि पठाइएको चितवन प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *