`

ओमानी भूमिमा आज कतारसँग भिड्दै नेपाल

Nepal One HD २० असोज २०८२ १५:०८
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो तथा अभ्यासको अन्तिम खेलमा कतारसँग भिड्दै छ । सोमबार खेल ओमानको ओमान क्रिकेट ऐकेडेमी ग्राउन्ड–१ मा नेपाली समय अनुसार बेलुका ४ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएको हो ।

ओमान आउनुअघि नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला खेलेर अनि जितेर फर्किएको छ । नेपालले इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध खेल र शृंखला दुवै जितेर इतिहास रचेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *