`

जलेकै कार्यालयमा खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक (तस्वीरहरु)

Nepal One HD २३ असोज २०८२ १५:०१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ । वैठक जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामै बसेको हो । सभापति शेरबहादुर देउवा अनुपस्थित रहँदा बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आसन्न केन्द्रीय समिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको बताइएको छ । नेताहरूका अनुसार सभापति देउवा आगामी २६ असोजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने तयारीमा छन् । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले २४ भदौमा बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी आगजनी गरेका थिए । त्यस घटनापछि देउवा करीब एक महिना यता सार्वजनिक रूपमा देखिएका छैनन् । हाल उनी काठमाडौँमा घर भाडामा लिएर बस्दै आएका छन् र आफू निकट पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्य नेताहरूसँग फोनमार्फत सम्पर्क राख्ने गरेका छन् । यसबीच, कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
हेर्नुस् तस्वीरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *