`

‘प्रचण्ड युग’ अन्त्य नभएसम्म देशमा शान्ति, विकास र एकता हुँदैन : मुकुल ढकाल

Nepal One HD २३ असोज २०८२ १६:२७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले ‘प्रचण्ड युग’ अन्त्य नभएसम्म यो देशमा शान्ति, विकास र एकता नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले प्रचण्ड युग भनेको विनाश, हिंसा, अधर्म र विखण्डित राष्ट्रियताको प्रतिक हो भन्दै यो अन्त्य नभएसम्म राष्ट्रिय संकट समाधान नहुने बताएका हुन् ।

यो युग अन्त्य हुना साथै शान्ति र विकाससँगै साँस्कृतिक जागरण हुने र नेपाली माटोमा आधारित नयाँ युगको सुरुवात हुने दावी गरेका छन् । पछिल्लो समयमा ढकालबाहेक अरु धेरै बुद्धिजीवीले पनि अहिलेको राजनीतिक संकटको कारण माओवादी जनयुद्ध, त्यही पृष्टभूमिमा गरिएको १२ बुँदे दिल्ली सम्झौता र २०६२–६३ पछि विकसित राजनीतिक घटनाक्रम हो भन्दै यसलाई करेक्सन गर्नुपर्ने बताउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *