`

भारतबाट भन्सार छलेर ल्याएको चार लाखको पटाका बरामद

Nepal One HD २६ असोज २०८२ २१:२०
समाज

भद्रपुर (झापा), २६ असोजः भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट चार प्लास्टिकका बोरामा राखिएको उक्त पटाका बरामद गरेको हो ।

पटाका बोकेका व्यक्ति प्रहरीलाई देख्नेबित्तिकै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बरामद गरिएको पटाका वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *