`

काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली (तस्बिरहरु)

Nepal One HD २९ असोज २०८२ १३:१३
फिचर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो ।

कुल ४५ लाख रुपैयाँ बजेट खर्च गरेर वडाका सबै घरमा ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ लागु गर्न लागिएको हो ।

उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो । यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *