सुरक्षा निकायका प्रमुखहरुको ‘ब्रिफिङ’ : निर्वाचन सुरक्षा व्यवस्था मिलाउन तयार छौं


काठमाडौँ । सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको ‘ब्रिफिङ’ गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक उनीहरुले सो कुरा बताएका हुन् ।
बैठकमा निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘अहिले भन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू सुरक्षा निकायका प्रमुखहरूले प्रस्तुत गरेका छन् । प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिनु भएको छ’ राष्ट्रपति कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा भएको बैठकमा सबै चार वटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो ।