`

नेताहरूमाथि बालेनको कटाक्ष- रगत पिएर अरूलाई लुसिफर भन्छौँ, लाज लाग्दैन ?

Nepal One HD ५ कार्तिक २०८२ १८:५५
बिशेष

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख  बालेन्द्र शाह (बालेन) ले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको बताए ।

उनले भने – ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन , यो देश विदेशीले बिगार्यो, Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , अरुलाई एजेन्ट भन्छौ !!!आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !लाज लाग्दैन ? ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *