`

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना गम्भीर

Nepal One HD ६ कार्तिक २०८२ १२:१७
प्रमुख खबर

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका–१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा ४ः४४ बजेको समयमा मृत्यु भएको हो । यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्दै आएका २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन् । उनको उपचार अहिले नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *