भाइटीकाको दिन सडकमा जेनजी युनाइटेड : रगतले लेखिएको इतिहासमा खेलबाड नहोस्

समाचार

काठमाडौं । आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा श्रद्धासुमनसहित जेनजी युनाइटेडले सडकमा भाइटीका कार्यक्रम गरेका छन् ।
उनीहरुले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन् । जेनजी एक नभएसम्म शहीदको आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताएका छन् ।
काठमाडौँको माईतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले रगतले लेखिएको इतिहास अब खेर नजाओस्, शहीदको नाममा स्वार्थको खेल नहोस्, शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको