`

ले शेर्पा शनिबार मार्केटमा नेपाली देखि विदेशी पर्यटकहरुको भीड (तस्बिरहरु)

Nepal One HD ८ कार्तिक २०८२ १६:२१
फिचर

काठमाडौं । पानीपोखरीस्थित रमायलाको रमणीय कम्प्लेक्समा हरेक शनिबार बिहानदेखि ताजा उत्पादनको रौनक छाउने गर्छ।

ले शेर्पाले आयोजना गर्ने शनिबार मार्केटमा नेपालका विभिन्न स्थानबाट ल्याइएका ताजा फलफूल, हरियो तरकारी, अर्गानिक मह, घरमै बनाइएका अचार र जाम, युरोपेली शैलीका स्थानीय चीज, आर्टिसनल ब्रेड र पेस्ट्री, ताजा माछा र मासुजस्ता उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिन्छन्।

इट फ्रेश, इट स्लो, इट लोकल भन्ने नारासँगै सञ्चालनमा आएको यो मार्केटले स्थानीय किसान, उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने उद्देश्य लिएको छ। यहाँ किसान र आर्टिसनहरूले आफ्ना उत्पादनहरू सिधै ग्राहकलाई प्रस्तुत गर्छन्, जसले बजारलाई भेटघाट, संवाद र स्वादको साझा स्थान बनाएको छ।

रेस्टुरेन्ट ले शेर्पाले बजारको दिनमा विशेष ब्रन्च मेनु र ह्याप्पी आवरको व्यवस्था पनि गरेको छ, जसले ग्राहकहरूलाई विश्राम र रमाइलो वातावरण प्रदान गर्छ। प्रोसेक्को, वाइन, बियर र ककटेलका साथमा ग्राहकहरूलाई आरामदायी समय बिताउन प्रेरित गरिएको छ।

बजारमा विदेशी पर्यटकदेखि स्थानीय बासिन्दासम्मको भीड देखिन्छ। पर्यटकहरू उत्पादनको विविधता हेर्दै फोटो खिचिरहेका हुन्छन् भने स्थानीय ग्राहकहरू ताजा सामग्रीको खोजीमा व्यस्त देखिन्छन्। सबै उमेरका मानिसहरू बजारको खुला वातावरण, स्वादिलो सुगन्ध र रमाइलो संगीतले आकर्षित भएका देखिन्छन्।

ले शेर्पाको शनिबार मार्केटले काठमाडौंमा ‘स्लो फूड’ र स्थानीय उत्पादनप्रतिको रुचि बढाएको छ। यहाँ आउने ग्राहकहरूका अनुसार बजार केवल किनमेल गर्ने ठाउँ होइन, स्थानीय स्वाद र मानिसहरू भेट्ने अवसर पनि बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *