`

नव नियुक्त दुई मन्त्रीले लिए शपथ

Nepal One HD ९ कार्तिक २०८२ १५:३०
प्रमुख खबर

काठमाडौं । नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *