उपत्यकाका तीन सीडीओसँग दुर्गा प्रसाईको छलफल
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । छ ठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइरहेका प्रसाईंसँग तीनै जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छलफल गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईंले गर्ने भनेको आन्दोलनका विषयमा छलफल भएको जानकारी दिएका छन् ।
‘उहाँ (प्रसाईं) ले गर्ने भनेको आन्दोलनलाई लिएर सुरक्षाका दृष्टिकोणबाट छलफल गरियो । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू थियौँ,’ उनले सुनाए, ‘हामीले शान्ति सुरक्षामा असर नपर्ने गरी प्रदर्शन गर्न पाइने अधिकार नै छ । सोहीअनुसार गर्न भनेर सुझायौँ ।’ उनले सरकारले आन्दोलनको तयारी गरिरहेको पक्षलाई वार्तामा बोलाइसकेको भन्दै घिमिरेले वार्ताबाट माग सम्बोधनको तयारीमा लाग्न सुझाव दिएको पनि बताएका छन् । सीडीओ र प्रसाईंबीच ४५ मिनेट छलफल भएको थियो ।
