दक्षिण कोरियामा भेट्दै ट्रम्प र सी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज (बिहीबार) दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो ।
ट्रम्पले चीनका सामानमा १० प्रतिशतबाट बढाउँदै १४५ प्रतिशतसम्म शुल्क लगाएका थिए । चीनले पनि अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्मको प्रतिशोधी कर लगायो । गएको जुन महिनामा दुबै पक्षबीच अस्थायी युद्धविराम भयो । त्यसपछि वार्ता पुनः शुरू भई अहिले सम्भावित सम्झौतासम्म पुगेको खबरमा उल्लेख छ ।
अमेरिकाले चीनको प्रविधि पहुँचमा रोक लगाइरहेको छ भने चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गर्दै दबाब बढाएको छ । यी खनिजहरू स्मार्टफोनदेखि सैनिक उपकरणसम्मका लागि जरुरी भएकाले अमेरिकालाई वैकल्पिक आपूर्ति खोज्न बाध्य बनाएको विश्लेषण भईरहेका छन् ।
