`

ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न

Nepal One HD १३ कार्तिक २०८२ १४:१५
फिचर

काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भई रहेको छ ।

शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यकामा बिहानै देखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ ।

नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण जोखिमपुर्ण तरिकाले सवारीसाधन चलाउन पर्ने बाध्यता रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *