गौरबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, ३३ जना घाइते
 Nepal One HD									१४ कार्तिक  २०८२ ७:०४
Nepal One HD									१४ कार्तिक  २०८२ ७:०४
								प्रमुख खबर
						 
 					चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।
						प्रतिक्रिया
						
		
	
					
					फेसबुक प्रतिक्रिया
						ताजा अपडेट
						धेरै पढिएको
						
 
   
   
   
   
   
   
   
   
   
   
   
   
 							 
 							