पोखरामा नेकपा एमालेले निकाल्यो मोटरसाइकल र्याली
फिचर
पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्याली निकालेको छ । पोखरा सभागृहबाट सुरु भएको र्याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिफ्लेढुंगा, न्यूरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
र्याली मा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए ।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
