`

ट्याक्टर भिरबाट खस्दा दुईको मृत्यु, चालक गम्भीर घाइते

Nepal One HD २० कार्तिक २०८२ १०:५३
प्रमुख खबर

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई वृद्धको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खाती रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्ररीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *